आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं। आज संघीय संसद अन्तर्गतको अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलको कार्यसूची रहेको छ।
त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको अपराहन्न १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय सम्बद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment