ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएको छ।
दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने र सफाई पाएकाहरूलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको हो।
ललिता निवास जग्गा प्रकरणका ११० जना आरोपितविरुद्ध नै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको प्रवक्ता नरहरी घिमिरेले जानकारी दिएका छन्। अख्तियारले अन्य ६५ जना जग्गाधनीहरूको जग्गा जफत हुनुपर्ने माग राखेर समेत राखेको छ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरुलाई कम सजाय गर्ने र कतिपयलाई सफाई दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दाबी रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment