राष्ट्रियसभा अध्यक्षसँग जापानी राजदूतको भेट
Bipasgraphy Parliament
काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा आज भएको सो भेटमा उनीहरूबीच द्विपक्षीयसम्बन्ध, आपसी हित र सहकार्यलगायत बारेमा विचारविमर्श भएको थियो।
नेपाल-जापानसम्बन्ध निकै पुरानो र घनिष्ट रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप मजबुत र प्रगाढ हुने र त्यसमा राजदूत मायदाको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे। नेपालको संघीय संसद्मा नेपाल-जापान संसदीय मैत्री समूह गठन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले संसदीय मैत्री समूहले दुई देशबीचको संसदीय सम्बन्ध, अनुभव आदानप्रदान र भ्रमण आदानप्रदान गर्न सहज हुने बताए।
सो अवसरमा राजदूतले मायदाले जापान-नेपालसम्बन्धलाई थप प्रगाढ बनाउन आफू निरन्तर लाग्ने बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment