कमल थापाले अन्जनालाई पार्टीमा भित्र्याए, दिए सहमहामन्त्रीको जिम्मेवारी

डिसी नेपाल
२१ फागुन २०८१ १७:३८
2.2k
Shares

काठमाडौं। पछिल्लो समय राप्रपाको महिला संगठनको अध्यक्ष पदबाट राजीनामा दिएर राजाबादी अभियानमा कृयाशिल अन्जना शाह रावल राप्रपा नेपालमा प्रवेश गरेकी छिन्।

आज राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी कार्यालय सिफलमा आयोजित कार्यक्रममा रावललाई स्वागत गरे। थापाले सबै राजाबादी , हिन्दुबादी र संघीयता बिरोधी एक ठाउँमा आएर भ्रष्ट ब्यबस्था र शासकको बिकल्प खोज्न सडकमा आउनु पर्नेमा जोड दिए।

दलहरुकै असक्षमता र असफलताको कारण अब संघीय, धर्मनिरपेक्ष , गणतन्त्रको आयु सकिएको र धराशायी भएको उनको टिप्पणी थियो। प्रबेशी अन्जना शाह रावलले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डाको सुत्रधार कमल थापा भएको र कमल थापालाई कमजोर बनाएर घेराबन्दी गराएर एजेन्डा स्थापित हुन नसक्ने हुँदा कमल थापा नेतृत्वको राप्रपा नेपाललाई सहयोग गर्न, एजेन्डा स्थापित गर्न राप्रपा नेपालमा आबद्ध भएको बताइन्।

रावललाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ । कार्यक्रममा समाजसेवी तथा राजसंस्था पक्षधर बिष्णुगोपाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *