आमसभा स्थगित गरेर पूर्वराजाको स्वागतका लागि विमानस्थल जाने राप्रपाको निर्णय

डिसी नेपाल
२१ फागुन २०८१ १७:५९
3.8k
Shares

काठमाडाैं। पूर्वराजाको स्वागतमा जान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वनिर्धारित आमसभा नै स्थगित गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलमा उत्रिन आह्वान गरेको हो।

बैठकले गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा देशबासीका नाममा गरेको सम्बोधनको स्वागत गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

‘पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठमाडौं फिर्ती सवारीमा नागरिक समाजबाट हुने स्वागत कार्यक्रमलाई ध्यानमा राख्दै फागुन २५ गते काठमाडौंमा पार्टीले आयोजना गरेको पूर्वनिर्धारित आमसभा स्थगित गर्ने र राजाको स्वागतार्थ त्रिभुवन विमानस्थलमा भेला हुन पार्टीपंक्ति र आम जनसमुदायलाई आह्वान गरिएको छ,’ प्रवक्ता श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *