समुन्नत राष्ट्र निर्माणमा सरकार अगाडि बढिरहेको छः मन्त्री राई
रसुवा। रक्षामन्त्री मानवीर राईले देशको बृहत्तर हित र समुन्नत राष्ट्र निर्माणका लागि सरकारले सबै खाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताएका छन्।
आज यहाँ रेडियो लाङ्टाङ एफएमले आयोजना गरेको मारुनी नाच प्रतियोगितामा उनले समृद्ध नेपाल निर्माण गर्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने बताए।
मन्त्री राईले कला संस्कृतिको संरक्षण र संवर्द्धन गर्न आवश्यकता रहेको भन्दै आफ्ना कला संस्कृतिको संरक्षण गर्दै भावी पुस्तासम्म पु¥याउन एफएमले गरेको प्रयास सराहनीय भएको बताए। उनले आगामी दिनमा पनि सञ्चारकर्मीले जनमानसमा सत्यतथ्य र सकारात्मक सन्देश प्रवाह गर्नेमा आफू विश्वस्त रहेको बताए।
मन्त्री राईले देश विकासका लागि शिक्षा नै अपरिहार्य भएकाले भावी सन्ततिलाई गुणस्तरीय उच्च शिक्षा हासिल गराउने वातावरणका लागि सहयोग गर्न सबैलाई आग्रह गरे।
मारुनी नाचअन्तर्गत गुरुङ, तामाङ, मगर नाचका साथै पञ्चैबाजा, लामा तथा झाँक्रीको कला, ब्राह्मणले गाउने बालन भजनजस्ता कला प्रस्तुत गरिएको रेडियो सञ्चालक गीता न्यौपानेले बताए।
कार्यक्रममा विवाहहरूमा गाइने खाँडोका श्लोक सुरेन्द्र राजाको पालादेखि हालसम्मको कथन प्रस्तुत गरिएको थियो।
रेडियो सञ्चालक समिति अध्यक्ष सोहन सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा होटल व्यवसायी छिरिङछेटेन तामाङ, नेपाल विद्युत् प्रधिकरणका सञ्जीप भट्टराई र सामाजिक व्यक्तित्व उत्तरगया गाउँपालिका–५ लहरे निवासी पिताम्वर आचार्यलाई सम्मान गरिएको थियो।







डिसी नेपाल







Facebook Comment