जनकपुरमा उल्लासपूर्वक मनाइयो होली
महेन्द्रनगर (धनुषा)। जनकपुरधामलगायत यस क्षेत्रमा उल्लासपूर्वक होली मनाइएको छ। स्थानीयवासीले एकापसमा रङ लगाएर र खुसी साटासाट गरी होली मनाएका हुन्।
तराईका अन्य जिल्लामा होली शुक्रबार नै सम्पन्न भए पनि जनकपुरधाममा भने एक दिन ढिलो गरी आज होली मनाइएको हो। मिथिला मध्यमापरिक्रमा उत्सवका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए।
नगरका विभिन्न स्थानमा मटकाफोर, जोगिरा गायन जस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment