स्ववियु निर्वाचन- मोरङमा सुरक्षा व्यवस्था कडा
बिराटनगर। विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसलगायत मोरङ जिल्लामा कडा सुरक्षाकाबीच स्ववियु निर्वाचन भएको छ।
मोरङस्थित ३ वटा आंगिक कलेज र ५ वटा सम्बन्धन प्राप्त गरी जम्मा ८ वटा कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। मोरङ क्याम्पसमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् भने तीन संगठनले छुट्टै उमेदवारी दिएका छन्।
अघिल्लो निर्वाचनमा विजयी बनेको नेविसंघले यस पटक प्रज्वल विष्टलाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रान्तिकारीले रोहित यादव विकासलाई उम्मेदवार बनाएको छ। यस्तै एमाले निकट अनेरास्ववियुले अनीश बोगटीलाई उम्मेदवार बनाएर निर्वाचनमा भाग लिएको छ।
महेन्द्र मोरङ क्याम्पसमा ३ हजार ९४ जना छात्र र २ दुई हजार ८ सय ९० जना छात्रा मतदाता रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment