जनताको धैर्यताको सीमालाई पार नगर्न पूर्वराजालाई चेतावनी

डिसी नेपाल
६ चैत २०८१ १४:२३
224
Shares

काठमाडाैं। नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले जनताको धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजालाई चेतावनी दिएका छन्।

बुधबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै निधिले पूर्वराजालाई जनताले सम्मान दिएको भन्दै जनताको धैर्यता र सहनशीलताको सीमालाई पार नगर्न पूर्वराजालाई चेतावनी दिएका हुन्।

गणतन्त्रको जग बलियो भएकाले कुनै पनि हालतमा नेपालमा राजतन्त्र नफर्किने उनले बताए। उनले गणतन्त्रिक व्यवस्थाको रक्षाका लागि जे पनि गर्न तयार रहेको स्पष्ट पारे। निधिले देशको अन्तिम राजा ज्ञानेन्द्र शाह भएको बताए।

त्यस्तै उनले संघीयताको सफल कार्यान्वयनका लागि सातवटै प्रदेशलाई आफ्नै प्रहरी सङ्गठन र कर्मचारी बनाउने अधिकार दिनुपर्ने पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.