रवि लामिछानेले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी

डिसी नेपाल
८ चैत २०८१ १३:३०
884
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फैसला बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका छन्।

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका लामिछानेले निवेदन दर्ता गराएका हुन्।

सहकारी ठगी मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै लामिछानेले दिएको निवेदन दर्ता भइसकेको छ। निवेदनमा पहिलो सुनुवाइ आगामी सोमबारका लागि पेशी तोकिएको छ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जसप्रति असहमति दर्ज गर्दै लामिछाने उच्च अदालत, पाटन पुगेका हुन् ।

सो सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *