ह्विल चेयर चढेर बिदा भएको राजसंस्था रथ चडेर फिर्ता हुँदैन : महामन्त्री शर्मा

डिसी नेपाल
८ चैत २०८१ १५:५३
396
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अपांगता भएका ब्यक्तिले ह्विल चेयरमा चढेर बिदा गरेको राजसंस्था आज रथ चढेर फिर्ता हुने आशामा रहेको बताएका छन्।

कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको प्रथम महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले राजतन्त्र अब फर्किन नसक्ने बताए।

‘हामीले, हाम्रा अपांगता भएका साथीको अगुवाइमा दरबारमार्गको सडकमा ह्विल चेयरमा बसेर बिदा गरेको राजतन्त्र रथ चढेर फिर्ता हुने आशमा छ। अब त्यो सम्भव छैन भन्ने सन्देश दिनुहोला,’ शर्माले महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै भने।

उनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गणतन्त्र पक्षधर विद्यार्थी संगठनले प्राप्त गरेको मतले पनि गणतन्त्र पक्षधरताको अवस्था देखाएको बताए।

महामन्त्री शर्माले कांग्रेसको महाधिवेशन विधानले निदृष्ट गरे अनुसार नै हुने भन्दै त्यसमा कुनै शंका नगर्न आग्रह गरे। ‘काग्रेसको विधानले गरे अनुसार नै महाधिवेशन हुन्छ, त्यसमा कुनै शंका गर्नु पर्दैन, २०८४ सम्म अधिवेशन नहोलाकी भन्ने केहीलाई लागेको छ, त्यस्तो हुन्न,’ शर्माले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *