वरिष्ठ पत्रकार बस्नेतको पार्थिव शरीरमा कांग्रेसको झन्डा ओढाए दिइयो अन्तिम श्रद्धाञ्जली

डिसी नेपाल
९ चैत २०८१ १५:३९
824
Shares

काठमाडौं । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण आज बिहान काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उनको निधन भएको हो।

गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिको पूर्वअध्यक्षसमेत रहेका बस्नेतप्रति कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेताहरूले श्रद्धाञ्जली दिएका छन्। शनिबार कांग्रेस पूर्वमहामन्त्री सिंह, उपसभापति धनराज गुरुङसहितका नेताले पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिएका हुन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो।

उनको अन्त्येष्टि शनिबार दिउँसो नै पशुपतिस्थित आर्यघाटमा गरिने भएको छ। बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन्। बस्नेत नेपाली कांग्रेसमा रहेर विभिन्न चरणका आन्दोलनहरुमा सहभागिता जनाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *