सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे
किमाथांका (सङ्खुवासभा)। यहाँको मकालु गाउँपालिका-३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन्।
शुक्रबार राति मकालु-३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। गोठमा रहेका दुई सय ५० भेडा रहेका थिए।
इलाका प्रहरी कार्यालय हेदाङनामार्फत घटनाको थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment