तीनकुनेमा हिंसात्मक प्रदर्शनको जिम्मेवारी पूर्वराजाले लिनुपर्छ: कांग्रेस

डिसी नेपाल
१६ चैत २०८१ २२:३०
136
Shares

काठमाडौं। कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा सुविधा र सहजताको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा शुक्रबार काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकहरूले हिंसात्मक प्रदर्शन गरेको सम्बन्धमा समीक्षा भएको थियो।

बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बैठकले हिजोका गतिविधिको गम्भीर समीक्षा गर्दै भत्र्सना गरेको बताए। उनले आक्रमण गर्ने स्थान नै घोषणा गरेर तोडफोड र अराजकता सिर्जना गरेको भन्दै त्यसको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने सम्बन्धमा छलफल भएको बताए।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको बैठकले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई अविलम्ब कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *