काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकियो
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीको जारी प्रतियोगितामा दोस्रो बराबरी हो।
योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अंक बनाएका छन्। काठमाडौंले साविक विजेता ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरी खेलेको थियो। झापा भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो। प्रतियोगिताअन्तर्गत शुक्रबार एफसी चितवन र बुटवल लुम्बिनीबीच खेल हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment