यु-१९ पुरुष विश्वकप एसिया छनोट: नेपालले टस हार्याे
काठमाडौं। नेपाल यु-१९ र अफगानिस्तानको यु-१९ क्रिकेट टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गत आज दोस्रो खेलमा नेपालले टस हारेको छ।
मुलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको छ। यससँगै नेपालले अब पहिला बलिङ गर्नेछ। यु-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीस्वरुप नेपाल र अफगानिस्तानले अभ्यास खेल्न लागेका हुन्।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो। अफगानिस्तानले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ। यदि नेपाल आजको खेलमा पराजित भएमा यस सिरिजको उपाधि अफगानिस्तानले जित्ने छ। त्यसैले पनि आज नेपाललाई जित्नैपर्ने दबाब छ।
अर्को साता नेपालमा नै आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तान, हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment