मोटरसाइकल दुर्घटनामा असइको मृत्यु

डिसी नेपाल
२७ चैत २०८१ १९:२२
512
Shares

नेपालगञ्ज। जिल्ला प्रहरी कार्यालय, बर्दियामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) टोपबहादुर बस्नेतको मोटरसाइकल दुर्घटनामा आज मृत्यु भएको छ।

बाँकेको जानकी गाउँपालिका–४ स्थित मानपुरमा बस्नेतले चलाएको लु ७८ प ३८५० नं को मोटरसाइकल अनियन्त्रित भएर ट्रलीमा ठोक्किर दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

बाँकेको कोहलपुर नगरपालिका–२ शक्तिनगर निवासी ४५ वर्षीय बस्नेत कार्यालयको कामका लागि नेपालगञ्ज बजारबाट बर्दिया फर्कने क्रममा सो दुर्घटना भएको थियो। उनको शव परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्जमा राखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *