गोली लागेर एक सैनिकको मृत्यु

डिसी नेपाल
२९ चैत २०८१ २१:२८
1.1k
Shares

चितवन। हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास छन्।

ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए। उनका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा घाइते भएका दासको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो।

दास चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोष्टमा कार्यरत थिए। बिहान गस्ती गरेर फर्किएर हतियार व्यवस्थापन गर्दैगर्दा उनलाई गोली लागेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *