वीरगञ्जमा दुई समूहबीच झडप, अवस्था तनावग्रस्त (फोटोफिचर)

डिसी नेपाल
३० चैत २०८१ १८:२४
880
Shares

पर्सा। हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप, केही पसल र मोटरसाइकलमा आगजनी भएको छ।

हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चौक अगाडि झडप भएको हो ।

झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। हिन्दु धर्मालम्बी र मुस्लिम समुदायका बीचमा यो झडप भएको प्रारम्भिक रूपमा बुझिएको छ।

प्रहरीले स्थिती नियन्त्रणमा ल्याउने प्रयास जारी राखेको छ। विस्तृत विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *