बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी
काठमाडौं। काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ। आगलागीपछि अहिले जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र बारुणयन्त्रका तीनवटा दमकल अहिले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment