प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं। प्रतिनिधिसभाका बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ।
आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रबृधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय, बिधेयक, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन्।
उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिबेदन सहितको भन्सार बिधेयक, २०८० माथि छलफल गरियोस्’ र सो बिधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
उता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले ‘कानुन, न्याय तथा मानव अधिकारी समितिको प्रतिबेदन सहितको केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयक २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्ने तथा सो बिधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment