प्रधानमन्त्री अ‍ोलीले बोलाए मन्त्रिपरिषद्को बैठक

डिसी नेपाल
२५ वैशाख २०८२ १०:५३
472
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बताइएको छ।

आज बस्ने बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तका विषयमा छलफल हुने छ।

विगत एक महिनादेखि नेपाल रुाष्ट्र बैंक गभर्नरविहीन छ। सत्तारुढ दलबीच भागबण्डा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको छ।

यसैगरी  बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयमा छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *