सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
२७ वैशाख २०८२ १९:३१
208
Shares

काठमाडौं। सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका(५ घर भएका ३८ वर्षीय सुदिप प्रसाद बनलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत काठमाडौंको २०७६ चैत २ गतेको फैसलाले ६ महिना कैद र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–५ छालिङबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *