क्रिश्चियन गीत गरेकोमा सुरबीर पण्डितले माफे मागे (भिडियोसहित)
काठमाडौं। क्रिश्चियन गीतमा अभिनय गरेको भन्दै सुरबीर पण्डितले माफी मागेका छन् । केही दिन अघि उनले सो धर्मको प्रचार हुने गरी अभिनय गरे पछि ब्यापक आलोचना भएको थियो ।
उनले एउटा भिडियो सन्देश मार्फत माफी मागेका हुन् । ‘कलाकार भए पछि जे पनि गर्न तयार हुनुपर्छ भन्ने मान्यता अनुसार मैले केही दिन अघि क्रिश्चियन गीतमा अभिनय गरेको थिएँ तर सो गीतमा मेरा धेरै गुरू अग्रज र शुभचिन्तकहरूले आलोचना गर्नु भएको छ, हाम्रो उदेश्य अभिनय मात्रै गर्न थियो, अरू थिएन्,’ उनले माफी माग्दै भनेका छन, ‘यो गीतमा अभिनय गरेर गल्ति गरेको अनुभति भएको छ, हामी सबै माफी माग्दछौं, अब यस्तो गल्ति हामीवाट हुन्न ।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment