श्रीलंकन बलर मेन्डिसले लिए सन्यास

डिसी नेपाल
१२ भदौ २०७६ ७:३०

एजेन्सी । श्रीलंकाका स्पिनर अजन्था मेन्डिसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

जादुमयी स्पिनर मेन्डिसले बुधबार ३४ वर्षको उमेरमा सन्यास घोषणा गरेका हुन् । मेन्डिस पछिल्लो केहि वर्षयता श्रीलंकन टोली बाहिर रहदै आएका थिए ।

मेन्डिसले पछिल्लो पटक श्रीलंकाबाट सन् २०१५ मा खेलेका थिए । मेन्डिसले श्रीलंकाबाट १४५ खेलमा २८८ विकेट लिएका छन् । उनले १९ टेष्टमा ७०, ८७ एकदिवसीयमा १५२ र ३९ टी–ट्वान्टीमा ६६ विकेट लिएका छन् ।

पछिल्लो समय मेन्डिसले घरेलु लिग खेल्दै आएका थिए । उनले पछिल्लो सिजन पुलिस स्पोर्ट्स क्लबबाट श्रीलंकाको प्रिमियर लिग खेलेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *