निकोसियालाई हराउँदै आयाक्सले च्याम्पियन्स लिगमा छनोट

डिसी नेपाल
१२ भदौ २०७६ ८:१५

एजेन्सी । आयाक्स च्याम्पियन्स लिग फुटबलमा छनोट भएको छ । प्लेअफको खेलमा साईप्रसको क्लब एपोल निकोसियालाई हराउँदै आयाक्सले च्याम्पियन्स लिगको समुह चरणमा स्थान पक्का गरेको छ ।

पछिल्लो पटक सेमिफाईनल खेलेको आयाक्सले प्लेअफको दोस्रो लेगमा २–० को जित निकाल्न सफल भयो । पहिलो लेगको खेल गोल रहित बराबरीमा सकिएको थियो ।

समग्रमा २–० को नतिजा सहित आयाक्स च्याम्पियन्स लिगमा छनोट भएको छ । ४३ औ मिनेटमा हाकिम जियचको फ्रिकिकमा एडसन अल्वारेजले हेड गोल गर्दै आयाक्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

८० औ मिनेटमा डुसन टाडिकले गोल गर्दै आयाक्सको जित निश्चित गरे । अघिल्लो पटक च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको आयाक्सले दुई चरणको छनोट खेलेर प्रतियोगितामा पुन छानिएको हो । गत सिजन सेमिफाईनलको खेलमा आयाक्स टोटेनहमबाट पराजित हुन पुगेको थियो ।

क्लब ब्रुग्स र स्लाविया प्राग समेत प्लेअफबाट च्याम्पियन्स लिगको समुह चरणमा स्थान बनाउन सफल भएका छन्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *