युईएफए च्याम्पियन्स लिगको ‘ड्र’ आज सार्वजनिक हुने!
एजेन्सी । युरोपियन क्लब फुटबलको सर्वाधिक ठुलो र प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेल विभाजन आज हुँदैछ ।
च्याम्पियन्स लिग सिजन २०१९/२० को समूह विभाजन ड्र मा ३२ क्लबहरु रहेका छन् । जसमा २६ टिम सोझै र ६ टोली प्ले अफबाट समूह चरणका लागि छनोट भएका हुन् ।
समूह चरणका लागि छनोट भएका ३२ टोलीलाई युईएफएले ४ पटमा विभाजन गरेर ड्र गर्नेछ । ३२ टोलीलाई ८ समूहमा विभाजन गरिनेछ ।

कुन पटमा कुन टिम ?
पट–१
लिभरपुल (विजेता)
चेल्सी (युरोपा लिग विजेता)
बर्सिलोना
म्यानचेस्टर सिटी
युभेन्ट्स
वायर्न म्युनिख
पेरिस सेन्ट जर्मेन (पीएसजी)
जेनिथ
पोट–२
रियल मड्रिड
बोरुसिया डर्टमण्ड
एट्लेटिको मड्रिड
नापोली
शाख्तर डोनेस्क
टोटेनहम
बेन्फिका
आयाक्स
पट – ३
लियोन
बायर लिभरकुसेन
साल्ज्बर्ग
ओलाम्पियाकोस
क्लब ब्रुग
भ्यालेन्सिया
इन्टर मिलान
जीएनके डिनामो
पट –४
लोकोमोटिभ मोस्क्वा
जेन्क
गलातासारे
आरबी लिपजिङ
स्लाभिया प्रहा
क्रेभिना जेभेज्डा
एट्लान्टा
लिली
No ads found for this position



डिसी नेपाल
Facebook Comment