डा. विश्व पौडेलले सम्हाले राष्ट्र बैंकको कमाण्ड
काठमाडाैं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन्।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएपछि नवनियुक्त गभर्नर पौडेल बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने बजेट कार्यान्वयनका लागि सोही अनुरुप मौद्रिक नीति तर्जुमा गर्ने बताए।
मुलुकको आर्थिक गतिविधिलाई चलाउमान बनाउनका लागि सवैसंग समन्वय गरेरै आफू अघि बढ्ने उनले बताए। पौडेलले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा आन्तरिक बिषय भएको उल्लेख गरे।
पदभारपछि गभर्नर पौडेलले पाँच सय र एक हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर समेत गरे। सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो।

No ads found for this position

डिसी नेपाल
Facebook Comment