यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य

डिसी नेपाल
११ जेठ २०८२ ७:४९
60
Shares

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

जसनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ३५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५० अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

यस्तै, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३६, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३५, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २०, बन्दा (लोकल) प्रतिकिलो रु १२, काउली (स्थानीय) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु २०, मूला सेतो (लोकल) प्रतिकिलो रु १०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु २०, तने बोडीको मूल्य प्रतिकिलो रु ६०, मकै बोडी मूल्य प्रतिकिलो रु ४० कायम गरिएको छ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु ८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु २०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु २०, राजमा मूल्य प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु ८०, तितो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु २०, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु २०, घिरौला प्रतिकिलो रु २०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५, भिण्डी प्रतिकिलो रु २५ कायम गरिएको छ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो रु १००, रायो साग प्रतिकिलो रु ४०, पालुङ्गो साग प्रतिकिलो रु ५०, चमसुरको साग रु ७०, तोरीको साग प्रतिकिलो रु २०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्लो) प्रतिकिलो रु २६०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु २० निर्धारण गरिएको छ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २३०, स्याउ (फूजी) प्रतिकिलो रु २४०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु २२०, अनार प्रतिकिलो रु ३००, आँप (दशहरी) प्रतिकिलो रु २००, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु ३००, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु १८०, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ३०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १०, रुख कटहर प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (भारतीय) प्रतिकिलो रु ९०, लिच्ची (लोकल) प्रतिकिलो रु १८०, आभोकाडो प्रतिकिलो रु ७०० निर्धारण गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *