१४ वर्षीया बालिका करणी आरोपमा चार जना पक्राउ

डिसी नेपाल
११ जेठ २०८२ २०:५४
2.5k
Shares

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोग चार जना पक्राउ परेका छन्।

उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा कटारी नगरपालिका–४ गबुवा बस्ने २५ वर्षीय सुजन भन्ने राज कुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नबिन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ रहेका छन्।

उनीहरूले ती बालिकालाई सोही ठाउँस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सबन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *