पोखरा कोटिहोममा जेठ १६ गते राधिका दासीले कथा बाचन गर्ने
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठ १६ गते नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्न आउने भएकी छन्। १६ गते पोखरा आए पनि जेठ १७ गते बाट कथा वाचन गर्ने कार्यक्रम रहेको छ।
ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १७ देखि जेठ २६ गतेसम्म राधिका दासी कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।
मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले महायज्ञमा १० दिन सम्म श्रीमद देवीभागवत कथा वाचन गर्ने छिन्। जेठ १४ गते आउने कार्यक्रम भएता पनि समय व्यस्तताले १६ गते देखि आउने कार्यक्रम तय भएको ढकालले जानकारी दिए।
भागवत मञ्जरी राधिका दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होम होमादी हुने ठाउमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेकी छन्।
‘यस्तो ऐतिहासिक कोटिहोम आफ्नो जेनेरेसनले देखेको पहिलो पटक हुनु पर्दछ यस्तो दिव्य स्थानमा कथा वाचन गर्न म आउँदै छु’ उनले भनिन् ‘कथा वाचनको साथ साथमा त्यहाँ हुने करोडौँ हवनमा पनि हजुरहरू सदा सर्वदा आएर जोडिनु होला। म पनि आउँदै छु तपाईँहरू पनि आउनुहोस् कोटिहोममा भेटौला।’
जारी कोटिहोममा जेठ १० गते देखि पुन अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरिरहेकी छन्। देवी प्रतिभाले जेठ १६ गते सम्म कथा वाचन गर्ने छिन भने उनको बिदाइसँगै भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्ने छिन्।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन्। पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ। कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment