बाजुरामा सरकारी गाडी दुर्घटना, तीन जनाको मृत्यु
बाजुरा । जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।
पाल टेलिकमको बा ५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो। जीपमा सवार ५ जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब निरीक्षक देव चौधरीले बताए।
दुई जना घाइते भएको र मृतक तथा घाइतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment