मुगुमा सामूहिक आलु खेती, बजार नपाउने चिन्ता

डिसी नेपाल
१३ जेठ २०८२ १९:०६
100
Shares

मुगु । मुगुको खत्याड गाउँपालिकाको क्यातडी क्षेत्रमा रहेको सात रोपनी जग्गामा स्थानीय युवाहरुले उत्पादन गरेको आलुले बजार नपाउने हो कि भन्ने चिन्ता थपिएको छ।

बाँझो र बाँदर लाग्ने जग्गामा खेती गरेका युवाहरु उत्पादित आलुले बजार नपाउने चिन्तामा परेका हुन्। लाखौं मूल्यका आलु उत्पादन भएका आलुले बजार नपाउँदा खेतबारीमै कुहिएर खेर जाने हो कि भन्ने चिन्ता परेको हो।

खत्याड गाँउपालिका वडा नम्बर ५ का अनन्त जौजी, भानुभक्त रावल र जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिका वडा नम्बर ३ का बम बहादुर बुढाले सामूहिक आलु खेती गरेको तर बजार नपाउने चिन्ता परेको कृषक वम बहादुर बुढाले बताए।

उत्पादित आलु हाल ४० रुपैयाँ प्रतिकेजीका दरले विक्री भइरहेको छ। तर उत्पादित अन्य आलु कुहिएर जाने हो कि भन्ने चिन्ता लागेको कृषक अनिरुद्र जौसीले बताए। तर पालिका प्रमुख अज बहादुर शाहीले बजार खोजी गर्ने बचन दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *