करिब १ सय ५६ किलो गाँजासहित दुई जना पक्राउ

डिसी नेपाल
१४ जेठ २०८२ १३:१६
300
Shares

महोत्तरी । बर्दिबास नगरपालिका-१ शुभ स्वस्तिक हस्पिटल अगाडिबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५६ किलो ५५ ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका-५ घुर्कोली बस्ने ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका-३ बुद्दचोक बस्ने २१ वर्षीय अभिषेक परियार रहेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बा.११ च ३४९४ नम्बरको स्कारपियोलाई जाँच गर्ने क्रममा स्कारपियोमा लुकाई छिपाई राखेको ३० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी स्कारपियो चालक लालबाबु र स्कारपियोमा सवार अभिषेकलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.