समता स्कुललाई हेमा श्री फाउन्डेसनको सहयोग।

डिसी नेपाल
१४ जेठ २०८२ १६:२८
244
Shares

धनगढी । हेमा श्री फाउन्डेसन नेपालले गोदावरी नगरपालिका-२ स्थित समता स्कुललाई आर्थिक सहयोग गरेको छ।

स्कुलको नवनिर्मित भवन तथा भौतिक संरचना खरिदमा सहयोग पुगोस् भन्ने उद्देश्यका ४० हजार नगद सहयोग गरिएको फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी ‘बाजे’ले बताए।

विद्यालयकी प्राध्यापक रितु पाण्डे शाहुलाई फाउन्डेसनकी कोषाध्यक्ष लक्ष्मी बोगटी कुँवरको उपस्थितिमा उक्त रकम प्रदान गरिएको हो।

गौरीगंगा नगरपालिका-६ मा रहेको फाउन्डेसनले सामाजिक क्षेत्र र बालबालिकालाई शैक्षिक प्रोत्साहन गर्ने उद्देश्यका साथ सहयोग गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *