वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन

डिसी नेपाल
१८ जेठ २०८२ १४:०९
244
Shares

काठमाडौं। बरिष्ठ साहित्यकार एवम गीतकार गणेश रसिकको निधन भएको छ। ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको उनी निकट संचारकर्मी राजकुमार दाहालले जानकारी दिए।

७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए। रसिककी छोरी बेलायतबाट भोलि(सोमबार)नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने भएको छ।

अहिले उनको शव टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ। भोजपुर, छिनामखुमा २००४ सालमा जन्मेका रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए।

जन्मथलो भोजपुर भएपनि कर्मथलो इलाम बनाएका उनका ‘क्षितिजलाई ‘छुन खोज्दा’ (कथा संग्रह २०२४), ‘एउटा सारंगी छुन खोज्दा’ (कथा संग्रह २०२७), ‘रसिकका गीतहरु’ (गीत संग्रह २०४५), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास २०४८), ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ (संस्मरण २०५५), ‘बिलाउँदै गएका गीत’ (कथा सङ्ग्रह) २०५८, ‘दशगजामा उभिएर हेर्दा’ (उपन्यास २०६३), ‘स्वाधिनताको पीडा’ (गीत सङ्ग्रह २०६८), ‘पेरुङ्गो संस्करण’ (पाँच कृति २०७३) लगायत कृतिहरु बजारमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.