राजावादीद्वारा उपत्यका बन्द गर्ने घोषणा
काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादीले सोमबार काठमाडौं उपत्यका बन्दको आह्वान गरेका छन्।
आइतबारको प्रदर्शनमा सरकारी दमन भएको आरोप लगाउँदै उनीहरूले सोमबार बन्द गर्ने घोषणा गरेका हुन्।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरी उपत्यका बन्दको घोषणा गरेका छन्।
सरकारले आफूहरूको शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेकाले आन्दोलनको स्वरूप परिवर्तन गर्नू परेको सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment