चिर्पट र कोदालोले हानेर गाईको हत्या गर्ने पक्राउ

डिसी नेपाल
१४ भदौ २०७६ ६:५५

भक्तपुर । गाई मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गाई फार्मभित्र पसेर गाई मारेको आरोपमा चाँगुनारायण नगरपालिका–७ बागेश्वरी महादेवस्थानबाट २५ वर्षीय चिरन पुरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

खरिपाटी प्रहरी प्रभागको टोलीले उनलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी पुरीले गाईलाई दाउराको चिर्पट र कोदालोले हानेर मारेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *