युरो कप छनोटका लागि फ्रान्सको टिम घोषणा, एमबाप्पे टिममा परेनन्

डिसी नेपाल
१४ भदौ २०७६ ८:५७

एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप छनोट अन्तर्गत अल्बानिया र एण्डोराविरुद्धको खेलका लागि फ्रान्सले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । फ्रान्सले बिहिबार राति अल्बानिया र एण्डोरासँगको खेलका लागि २३ सदस्सीय टिमको घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्प्ले घोषणा गरेको टोलीमा केलियन एमबाप्पे र एनुगालो कान्टे टिममा परेका छैनन् । दुवै खेलाडी चोटका कारण टिममा नपरेका हुन् ।

यस्तै आर्सनलका एलेक्सजेन्डर लाकाजेट्स र म्यानचेस्टर युनाईटेडका एन्थोनी मार्सियल पनि टिममा छैनन् । बार्सिलोनाका युवा खेलाडी ओसुमाने डेम्बेले पनि चोटका कारण टिमबाहिर रहेका छन् ।

म्यानचेस्टर सिटीका डिफेन्डर एम्रिक लापोर्टेले दुई वर्षपछि टिममा स्थान बनाउन सफल भएका छन् । फ्रान्सले छनोट अन्तर्गत सेप्टेम्बर ७ मा अल्बानिया र १० मा एण्डोरासँग खेल्नेछ ।

फ्रान्सको टिमः

गोलकिपरः अल्फान्सो आरेओला, ह्युगो लोरिस, माईक मैग्नन

डिफेन्डरः लुकास डिग्ने, एम्रिक लापोर्टे, राफायल भराने, लियो डुबोइस, क्लेमेन्ट लिङलेट, कुर्ट जौमा, लुकास हर्नान्डेज, बेन्जामिन पाभर्ड

मिडफिल्डरः ब्लेईस माटुईडी, स्टेभेन एनुजोनजी, मौसा सिसोको, कोर्टिन टोलिस्सो, पाउल पोग्बा

फरवार्डः विसम बेन एड्डर, किन्ग्ल्से कोम्यान, नबील फेकिर, ओलिभर जेरुड, एन्टोनियो ग्रिजम्यान, जोनाथन इकोने, थोमस लेमार


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *