सप्तकोशीमा बेपत्ता सशस्त्र प्रहरीका गोताखोरको शव फेला
काठमाडाैं। बेपत्ता गोताखोर सुरज साउदको शव फेला परेको छ।
कुरिनटारबाट गएका अनुभवी गोताखोर डिएसपी पुरुषोत्तम भन्डारिको टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट शव निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
कुरिन्टारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएका गोताखोर डिएसपी पुरूषोत्तम भण्डारी नेतृत्वको टोलीले शव निकालेको हो। उनी बेपत्ता भएको चौथो दिनमा शव फेला परेको हो ।
उनीसँगै बेपत्ता भएका हरदेव राजवंशीको शव शुक्रबार फेला परेको थियो । बिहीबार दिउँसो सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा मनसुनजन्य विपद्को पूर्वतयारी स्वरुप प्रदेशस्तरीय विपद् सेमुलेशन अभ्यास क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment