राष्ट्रियसभाबाट पानी जहाज बिधेयक पारित हुँदै
काठमाडौं। राष्ट्रियसभाको बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ः१५ वजेवाट सुरू हुनेछ।
आजको बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘जलस्रोत बिधेयक, २०८१’का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् भने उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रतिनिधिसभावाट सन्देशसहित ‘भन्सार बिधेयक, २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिधायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment