‘प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने म्याद थप

डिसी नेपाल
२७ जेठ २०८२ ११:१६
20
Shares

काठमाडौं। प्रभु क्यापिटलको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको थियो। यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ समयपछि हुने जनाइएको थियो।

तर मागबमोजिम आवेदन नपरेकाले अब यो योजनामा असार ६ गतेसम्म आवेदन दिन सकिने भएको छ। यसबीचमा मागभन्दा बढी आवेदन पर्न गएमा असार ६ गते अघिनै बिक्री बन्द गरिने प्रभु क्यापिटलले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १ सय कित्ता र अधिकतममा ३१ लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको यो स्किम खुलामुखी प्रकृतिको स्किम हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *