सुनको मूल्य घट्यो
काठमाडाैं। सोमबार एकसय रुपैयाँ घटेको सुनको मूल्य आज थप ६ सय रुपैयाँ घटेको छ।
प्रतितोला ६ सय रुपैयाँ घटेर सुनको मूल्य आज तोलाको एक लाख ९० हजार रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँ थियो।
आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment