नेपाल आयुर्वेद चिकित्सा परिषद्को नेतृत्व चयनमा राजनीतिक रस्साकस्सी
काठमाडौं। नेपाल आयुर्वेद चिकित्सा परिषद्मा नयाँ अध्यक्ष तथा रजिस्टार नियुक्तिको प्रक्रिया राजनीतिक हस्तक्षेप र गुटगत प्रतिस्पर्धाले तीन महिनादेखि अवरुद्ध छ।
परिषद्को कार्यसमिति विहीन अवस्थाले परिषद्का नियमित कामकाज ठप्प भएका छन्, जसको प्रत्यक्ष असर चिकित्सकहरूको दर्ता प्रक्रिया, विद्यार्थीहरूको शैक्षिक अवसर, र चिकित्सा पदपूर्तिमा परेको छ।
पूर्व अध्यक्ष डा. सन्तोष ठाकुरले कार्यकाल सकिए पनि पुनः अध्यक्ष बन्ने प्रयास गरिरहेका छन्। डा ठाकुरको सिंहदरबार वैद्यखानाको प्रमुख बन्ने चाहनाका छ। मन्त्री पनि यस पटक सकरात्मक छन्।
तर समिति नियमावली परिवर्तनसँग सम्बन्धित विषयले मन्त्री उनलाई सिधै नियुक्त गर्न नसकेको बताइन्छ। उनीमाथि भारतबाट एमडी गरेका चिकित्सकहरूप्रति राजनीतिक पूर्वाग्रह राख्ने, र अनावश्यक दु:ख दिने आरोप छ। उनलाइ पदिय व्यवस्थापन गर्न समय लागेको बुझिन्छ।
प्रा. डा. रामचन्द्र अधिकारी
नेपाली कांग्रेसका तनहुँका क्रियाशील सदस्य तथा डा. शेखर कोइरालाका नजिकका पात्र प्रा. डा. अधिकारीलाई स्वाथ्यमन्त्री प्रदीप पौडेलले अध्यक्ष बनाउन खोजिरहेका छन्।
उनलाई अध्यक्ष बनाउनकै लागि केन्द्रीय आयुर्वेद क्याम्पस, दाङबाट राजीनामा दिन लगाइएको थियो, तर विश्वविद्यालयको प्राविधिक कारणले प्रक्रिया अगाडि बढ्न सकेको छैन। पतन्जली आयुर्वेद कलेजका पुर्व प्राचार्य उनको नाम पतन्जली जग्गा प्रकरणमा पनि तानिएको छ। उनको प्राध्यापक पदमाथि मुद्दा समेत चलिरहेको छ।
डा. श्यामबाबु यादव
हाल आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. यादव परिषद्को अध्यक्ष बन्न इच्छुक छन्। नेपाल आयुर्वेद चिकित्सक संघ (अडान) का अध्यक्ष समेत रहेका उनीसँग मन्त्रीले आयुर्वेद सम्बन्धी हरेक सुझाब लिन्छन्। मन्त्री पौडेलसँग निकटता राख्दै आएका उनले स्वास्थ्य नीति निर्माणमा प्रभावशाली हस्तक्षेप गर्दै आएका छन्।
रजिस्टार पदका प्रमुख आकांक्षीहरू
डा. शंकर गौतम
गगन थापाका पूर्व सचिवालय सदस्य डा. गौतम हाल गण्डकी प्रदेशको आयुर्वेद अस्पतालमा कार्यरत छन्। गगन थापाको विशेष प्रयासमा उनलाई रजिस्टार बनाउने प्रयास भइरहेको बताइन्छ। रजिस्टार कार्यकारी पद रहेको र गण्डगी प्रदेशबाट केन्द्रमा सरुवा गराएर ल्याउन समय लाग्को र उनलाई व्यवस्थापन गर्न गगन थापाको आग्रहलाई टार्न नसक्दा नै प्रक्रिया लम्बिएको बताउछन्। ।
डा. जया सत्याल
एमाले निकट डा. सत्याललाई गठबन्धनको भागबण्डाका आधारमा रजिस्टार बनाउने दबाब छ। उनलाइ रजिस्टार बनाउन चिनियाँ राजदूतावासका प्रतिनिधि नै लागिपरेको कुरा जानकारहरु बताउछन्। उनलाई रजिस्टार बनाए ट्रेडिसनल चाइनिज मेडिसिन (टिसिएम) को तर्फ बाट पहिलो पदादिकारी हुनेछिन्।
डा. हरिशरण अर्याल
काउन्सिलको सदस्य पदाधिकारी बन्न ३५ वर्ष को उमेर हद भए पनि उनले ३३ वर्ष मै काउन्सिल सदस्य बनेर रेकर्ड राखे। उनको डर वा राजनितिक प्रभावको कारण कसैले सरकारी नियम नै मिचिँदा पनि यसमाथि आपत्ति जनाएनन्।
काउन्सिलको रजिस्टार बन्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रीन सिग्नल पाएर नै अर्यालले गतहप्ता एमाले जनबर्गीय संगठन रास्ट्रिय स्वास्थकर्मी महासंघको सचिव पद नै त्यागेका थिए। मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने भएकोले अध्यक्ष कांग्रेस निकटले पाएको अवस्थामा रजिस्टार अर्यालले पाउने लगभग पक्का छ।
अन्य आकांक्षीहरू
अध्यक्ष पदका अन्य प्रमुख आकांक्षीहरूमा डा. रामदेव यादव र डा. मुनिकर्ण थापा छन्। रजिस्टार पदमा डा. रमेश पौडेल र डा. चन्द्रकिशोर यादवले पनि चासो देखाएका छन्।
विद्यार्थी र चिकित्सकको भविष्य संकटमा
त्रिभुवन विश्वविधालय ले विभिन्न उपप्राध्यापकको पद खुलाए पनि ३ महिनादेखि पदाधीकारी बिहीन भएर एमडी दर्ताको प्रक्रियाहरूसमेत ठप्प भएका कारण अवसरबाट बन्चित हुने अवस्थामा पुगेका छन्।
भारत सरकारको छात्रवृत्तिमा एमडी अध्ययनको आवेदन दिने अन्तिम म्याद पनि सकिएको छ। तर परिषद्को प्रमुख पद खाली रहँदा आवश्यक सिफारिस र प्रक्रिया अघि बढ्न सकेन।
मन्त्रालय कै लापारबाहीका कारण योग्य विद्यार्थीहरू अवसरबाट वञ्चित भएका छन्। खुलेका स्थायी चिकित्सक पदहरूमा आवेदन दिन पाउनु पर्ने अधिकार बाट बन्चित भएका छन्।
६८ जना बीएएमएस पास चिकित्सक र ११ जना एमडी चिकित्सकले परिषद्मा दर्ता हुन नपाउँदा उनीहरूको रोजगारी र कानुनी मान्यता संकटमा परेको छ। चिकित्सकहरूले अनिश्चितकालीन तालाबन्दी गर्दै तत्काल कार्यसमिति गठनको माग गरेका छन्।







डिसी नेपाल








Facebook Comment