सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

डिसी नेपाल
२८ जेठ २०८२ ११:०९
1.2k
Shares

काठमाडौं। मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा एक हजार ३०० र चाँदीमा १५ रूपैयाँले बढोत्तरी भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोल सुनको मोल एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.