सूचना टाँस गरेर सर्‍यो प्रतिनिधि सभा बैठक

डिसी नेपाल
२८ जेठ २०८२ १५:३१
144
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक सरेको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सवा तीन बजेसम्मका लागि स्थगित भएको सभामुखको सचिवालयले सूचना टाँस गरेर जानकारी दिएको हो।

भिजिट भिसा प्रकरणमा सत्ता र प्रतिपक्षी दलहरूबीच सहमति नजुट्दा संसद् चल्न सकेको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्नुपर्ने लगायतका पाँच बुँदे प्रस्ताव रास्वपाले राख्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.