देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक रहेको बताएका छन्।
आइएमई लिमिटेडको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आइएमई लिमिटेडले विगतदेखि नै देशको विकासमा योगदान गर्दै आइरहेको भन्दै आगामी दिनमा पनि योगदानको निरन्तरता रहने विश्वास व्यक्त गरे।
उनले भने,‘हाम्रो देशको विकासको जुन गति छ यसलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने छ। सक्दाखेरी र सक्नेजति जति यो देशको लागि योगदान गर्नुभएको छ। यो योगदान चाँही निरन्तर रुपमा रहिरहोस्।’
त्यस्तै उनले प्रायजसो कम्पनीहरु चाँडै बन्द हुने अवस्था रहेकोमा आइएमई लिमिटेड २५ वर्षसम्म चल्नुपनि ठूलो कुरा रहेको धारणा राखे।
उनले भने,‘ हाम्रो जस्तो देशमा २५ वर्षसम्म यसरी कम्पनीहरु चल्नुपनि ठूलो कुरा हो। धेरै कम्पनीहरुको चाँडै बन्द हुन्छ।’
त्यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई लिमिटेडलाई रेमिट्यान्समा मात्र सिमित नराखेर अन्य विभिन्न क्षेत्रहरुमा पनि प्राथमिकता दिइएको बताए।
आइएमई लिमिटेडको यो सम्भावना होला भनेर सुरुवाती चरणमा कसैले पनि नसोचेको भन्दै अहिले लोकप्रिय हुन सफल भएको बताए।
उनले भने, ‘आइएमई लिमिटेडलाई रेमिट्यान्समा मात्र सिमित नराखेर अन्य विभिन्न क्षेत्रहरुमा पनि प्राथमिकता दिइएको छ। सुरुवाती चरणमा आइएमई लिमिटेडको यस्तो सम्भावना होला भनेर कसैले सोचेको थिएन्। अहिले यति लोकप्रिय हुन सफल भएको छ।’







डिसी नेपाल








Facebook Comment