एक सचिव र १० सहसचिवको सरुवा

डिसी नेपाल
१ असार २०८२ २०:०२
3.7k
Shares

काठमाडौं । न्याय सेवा आयोगले एक सचिवसहित १० जना सहसचिवको सरुवा गरेको छ।

सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुंगानालाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।

न्याय समूहअन्तर्गत उच्च अदालतका रजिस्ट्रार सूर्यनाथ शर्मा कँडेल र यमप्रसाद बास्कोटा तथा सर्वोच्च अदालतका सह-रजिस्ट्रार अमित उप्रेतीको पनि सरुवा गरिएको हो।

सरकारी वकिल समूहमा सहन्यायाधिवक्ताहरू ईश्वरीप्रसाद ढकाल, सन्देश श्रेष्ठ, यदुनाथ शर्मा, कोषहरि निरौला, अशोकराज रेग्मी, रामहरि शर्मा काफ्ले र विवेक बरालको सरुवा गरिएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *