तोलामा २५०० ले घट्यो सुन मूल्य
काठमाडौं । सुनको भाउ मंगलबार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेको छ।
हिजो एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा दुई हजार पाँच सय रुपैयाँले घटेर एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको भाउ पनि सामान्य घटेको छ। आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर दुई हजार एक सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलामा दुई हजार एक सय ६५ रुपैयाँ कायम भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment