‘रास्वपाको विरोध शैलीका कारण सांसदको लोगो लगाएर हिड्दा अपमानित महशुस गर्नुपर्ने अवस्था सिर्जना भयो’

डिसी नेपाल
३ असार २०८२ १८:२७
424
Shares

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले निलो स्काफ लगाएर रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाएका हुन्।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए पुन निलो स्काफ लगाएर विरोध गर्ने रास्वपाका सांसदहरुले अडान राखेपछि सहमति खोज्नका लागि बिहीबारसम्मका लागि स्थगित गरिएको उनले बताए।

बर्तौलाले रास्वपाका सांसदहरुको विरोधको शैलीका कारण सांसदको लोगो लगाएर हिड्दा अपमानित महशुस गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा राखे।

त्यस्तै बर्तौलाले संघीय निजामति सेवा विधेयकलाई सरकारले रोक्न खोजेको आरोपको खण्डन समेत गरे। उनले विधेयकमाथि छलफल गर्ने, संशोधन वा परिमार्जन गर्ने विषय संसदको अधिकारको विषय भएको उल्लेख गरे।

संघीय निजामति सेवा विधेयकलाई छिटो पारित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *